मोरङ: मोरङको कटहरी गाउँपालिका ४ स्थित जुडी खोलामा डुबेर १ जनाको मृत्यु भएको छ ।

बिहिबार दिउँसो बिश्वकर्माको मुर्ती सेलाउन गएका ४० बर्षीय गोग नारायण उराव हराएका थिए । उनको खोजी गर्ने क्रममा आफन्तजनले आज बिहान खोलाको पानीमा डुबी मृत अबस्थामा उनी फेला परेका थिए । घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरीको टोली खटिएर आवश्यक कानूनी प्रकृया पुरा गरेको उक्त कार्यालयले जनाएको छ ।