धरान : किरात राई यायोक्खा कार्यसमिति सुनसरीको आयोजनामा दुईदिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ । धरान १० स्थित रहेको किरात राई यायोक्खा भवनमा शुक्रबारदेखि सुरु भएको नेतृत्व विकास तालिम शनिबार सम्पन्न भएको हो ।

दुईदिने नेतृत्व विकास तालिममा ३३ जना प्रशिक्षार्थीहरुले सहभागिता जनाएका थिए भने उक्त तालिमको सहजिकरण किरात राई यायोक्खा केन्द्रिय महासचिव शुभचन्द्र राई र सामाजिक अभियन्ता एवं किरात राई यायोक्खाका केन्द्रीय सचिव दोर्पध्वज राईले गरेका थिए ।

किरात राई यायोक्खा सुनसरीका अध्यक्ष बलराम राईले उक्त तालिमलाई सम्बोधन गर्दै यस नेतृत्व विकास तालिमले आफ्नो संस्थामा मात्र नभई अन्य क्षेत्रमा पनि सहयोग पुग्ने बताए । समापन कार्यक्रममा समाजसेवी तथा किरात राई यायोक्खा सुनसरीका संरक्षक हिमाल राई, समाजसेवी तथा किरात राई यायोक्खाका केन्द्रिय सदस्य बिमला नाछिरिङ राई लगायतको उपस्थिति रहेको थियो ।

00 7