ताप्लेजुङ: ताप्लेजुङको मिक्वाखोला गाँउपालिका १ बेसिगाँउ की ५५ बर्षीया सन्जमाया तामाङको शव फेला परेको छ ।

शनिबार दिउँसो खोलाले बगाई बेपत्ता भएकी सञ्जमायाको शव साझँ ५ बजेको भेटिएको प्रहरीले जनाएको छ । ताप्लेजुङकै दोभान मेरिङदेन गाँउपालिका ३ स्थितमा मैवाखोला नजिक हिड्दै गर्दा ढुङ्गाबाट चिप्लिएर उनी खोलामा खसेकी थिइन् । सोही खोलाले बगाएर उनी बेपत्ता भएकी थिइन् ।

ईलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा खोजतलास गर्ने क्रममा उनको शव फुङलिङ नगरपालिका ३ र तेह्रथुमको आठराई त्रिवेणी गाउँपालिका ३ तमोर नदीको बिचमा ढुङ्गामा अड्कीएर मृत्यु भएको अबस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।