धरान: विराटनगरबाट धरान आउदै गरेको बस तीनकुनेमा चेकजाँच गर्दा एक युवालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान १७ का २० बर्षीय साजन श्रेष्ठ छन् । उनलाई शंका लागेर चेकजाँच गर्दा सेता टिसर्टले छोपेर कम्मरमा कालो पोलिथिन झोलाभित्र लागुऔषध लुकाएको भेटिएको प्रहरीले जनाएको छ । उनको साथबाट नाइट्रोसन १०० ट्याब्लेट भेटिएको र जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।