झापा : झापाको मेचीनगर नगरपालिका ६ बाट १४ बोतल स्कप नामक लागुऔषध सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मेचीनगर ६ मा रहेको शर्मा होटल एण्ड लजको कोठा नम्बर ७ मा लागुऔषध सहित मानिस रहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ७ का २६ बर्षीय चिरञ्जीवी तिम्सिनालाई १४ बोतल स्कप नामक लागुऔषध सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका तिम्सिनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।