धरान : सुनसरीको ईटहरी उपमहानगरपालिका १२ बाट १ ग्राम १८० मिलिग्राम लागुऔषध खैरो हेरोईन सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा बसोबास गर्ने मोरङको सुन्दरहरैचा नगरपालिका ६ का ४९ वर्षीय तिर्थ बहादुर तामाङ, केराबारी गाउँपालिका ७ का २९ बर्षीय लाल बहादुर कार्की र ३९ बर्षीय विर बहादुर ठाडा मगरलाई नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।