तेह्रथुम : तेह्रथुमको मेन्छ्यायम गाउँपालिका ६ स्थितमा निर्माणाधिन जलविद्युत आयोजनामा काम गर्ने क्रममा रड काट्ने मेसिनले काट्दा १ जना कामदार घाईते भएका छन् ।
रुपन्देही जिल्लाको दिलोदना नगरपालिका ६ बस्ने २० वर्षीय अशोक कुमाल आफैले रड काट्ने मेसिन चलाउँदा अचानक ब्लेड भाच्चिएर ब्लेडले उनको तिघ्रा र लिङ्गमा कटिएर गहिरो चोट लागेको थियो । उनको जिल्ला अस्पताल म्याङलुङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।