झापा : झापाको कमल गाउँपालिका ७ सशस्त्र वेश क्याम्प अगाडी राजमार्गमा मोटरसाईकलको ठक्करबाट १ जना पैदलयात्री घाईते भएका छन् ।

मंगलबार साँझ सवा ५ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ आउदै गरेको को ३९ प २४३ नम्बरको मोटरसाईकलले बाटो क्रस गर्दै गरेका पैदलयात्री सोही स्थान बस्ने दाजी ६०,६२ वर्षीय दल बहादुर माझीलाई ठक्कर दिएर गम्भिर घाईते बनाएको थियो ।

उनको दमक स्थित लाईफलाईन अस्पतालमा सामान्य उपचार पश्चात विराटनगरको न्युरो अस्पतालमा उपचार भईरहेको छ भने मोटरसाईकल र मोटरसाईकल चालकलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।