मोरङ: मोरङ पथरी शनिश्चरे नगरपालिका २ स्थित राजमार्गमा बस र पिकअप गाडी एक आपसमा ठक्कर खाएर दुर्घटना हुदा १३ जना घाईते भएका छन ।

आज बिहान पाउने १० बजे पश्चिमबाट पूर्वतर्फ जादै गरेको को १ ख ४२७८ नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको को १ च ७९०५ नम्बरको पिकअप गाडी एकआपसमा ठक्कर खाएको थियो । दुर्घटना हुँदा बसमा सवार ११ जना र पिकअपमा रहेका २ जना घाईते भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । घाईते मध्ये पिकअप चालक झापाको बुद्धशान्ति५ बस्ने केवल कुमालको लाईफलाईन अस्पताल दमकमा उपचार भइरहेको छ ।

यस्तै, सहचालक झापाको तोपगाछि ७ का मनिष दर्जीको बिराट नर्सिङ होम बिराटनगरमा र बसमा सवार ११ जनाको पथरी अस्पताल पथरीमा उपचार भईरहको उक्त कार्यालयले जनाएको छ । सोही स्थानमा को१६ प ६१४५ नम्बरको स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुदा स्कुटी चालक बेलबारी २ बस्ने करण धिमाल समेत घाईते भएका छन् ।