झापा: झापा मेचिनगर १४ धाईजनका ४० बर्षीय कृष्णबहादुर सार्कीको खोलाले बगाएर मृत्यु भएको छ ।
आज बिहान पौने १२ बजे हडिया खोलामा नुहाउन गएका सार्कीलाई खोलाले बगाएर बेपत्ता बनाएको थियो । उनको खोजतलासको क्रममा शव फेला परेको प्रहरीले जनाएको छ । खोलामा बगेर बेपत्ता भएका सार्कीलाई स्थानीयबासीको सहयोगमा खोजी गरिएको थियो । उनको शव दिउँसो पौने २ बजे दुवागढीस्थित सोही खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।