धनकुटा: धनकुटाको सागुरीगढी गाउँपालिका ९ बेदुवा डाँडास्थित बिजुलीको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर बिद्युत कार्यालयका एक कर्मचारीको मृत्यु भएको छ ।
आज दिउँसो १ बजेको समयमा धनकुटा नगरपालिका ८ घर भई बिद्युत कार्यालय धनकुटामा कार्यरत रहेका ५६ बर्षिय बल बहादुर भण्डारीलाई ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेको थियो । उनलाई उपचारको लागी बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा ल्याईएकोमा उपचारको क्रममा दिउँसो सवा ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।