उदयपुर: उदयपुरको कटारी नगरपालिका ९ लिम्पाटारका ३२ बर्षीय दल बहादुर परियारको अरिङगालले टोकेर मृत्यु भएको छ ।

बुधवार दिउँसो १ बजेको समयमा आफ्नै घर नजिक रहेको चिलाउनेको रुखमा रहेको अरिङगालको गोलोमा आगो लगाउने क्रममा उनलाई अरिङगालले टोकेको थियो । अरिगालको टोकाईबाट घाईते भएका परियारलाई उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।