सुनसरी: सुनसरीको दुहवी नगरपालिका ७ भलुवाबाट एक केजी गाँजासहित स्थानीय ६५ बर्षीय हकिम पासवानलाई प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा बिहिवार राती ८ बजे ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले पासवानको घर खान तलासी गर्ने क्रममा घरमा लुकाई छिपाई राखेको अवस्थामा एक केजी गाँजा बरामद गरेको हो । गाँजासहित पक्राउ परेका पासवानको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।