मोरङ: मोरङको लेटाङ नगरपालिका २ हाटखोलाका ७५ बर्षीय खड्ग कुमार मगरको स्थानीय नक्सल खोलाले बगाएर मृत्यु भएको छ ।
आज बिहान ७ बजेको समयमा दिशा गर्न खोलामा गएका मगर खोलाले बगाएर मृत अबस्थामा फेला परेको जानकारी पाएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ । घटनाबारे जानकारी पाएपछि स्थलगत पुगेर कानूनी प्रकृया तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।