पथरी: सडक दुर्घटनामा परेर मोरङको पथरीमा एक जनाको मृत्यु भएको छ ।

पथरीशनिश्चरेको भित्री सडक अन्तर्गत सुन्दरी चोकमा ट्याकटरको ठक्करबाट मोरङ रतुवामाइ १० सोमबारेका बिमल न्यौपानेको मृत्यु भएको ट्राफिक कार्यालय पथरीले जनाएको छ । को २६ प ४४६४ नम्बरको मोटरसाइकलमा सवार न्यौपानेलाई को २ त २८३२ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । उपचारका क्रममा पथरी हस्पिटलमा उनको मृत्यु भएको हो ।