काठमाडौं : स्वरसम्राट नारायण गोपालको आज २९ औं स्मृति दिवस, उनको सम्झनामा विभिन्न कार्यक्रम गरिँदैछ ।
सांस्कृतिक संस्थानले राष्ट्रिय नाचघर जमलमा सांगितिक स्मृतिसभा गर्दैछ । स्मिृतिसभामा विभिन्न कलाकारहरुले नारायाणगोलका चर्चित गीतहरु प्रस्तुत गर्नेछन् । महाराजगन्जस्थित नारायणगोपालको शालिकमा माल्यार्पण लगायतको कार्यक्रम पनि हुँदैछ । स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको जन्म विक्रम संवत् १९९६ साल असोज १८ गते काठमाडौंको किलागलमा भएको थियो । ‘पर्खि बसेँ आउला भनि’, ‘तिम्रो जस्तो मुटु मेरो पनि’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ म त लालिगुरास भएछु, पोखिएर घामको झुल्का जस्ता थुप्रै कालजयी गीत गाएका नारायण गोपलको २०४७ मंसिर १९ गते अर्थात आजैका दिन निधन भएको थियो ।
        
                    
        
                                        
                                                                                                
        
        
        




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)











        
        
















































