काठमाडौं : चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराईको आइतबार राती ५४ बर्षको उमेरमा निधन भएको छ ।
गएराती करिब साढे १० बजे काठमाडौंको चाबहिलस्थित ओम अस्पताल लाँदालाँदै उनको निधन भइसकेको अस्पताल श्रोतले बताएको छ । निधनको कारण भने अस्पतालले खुलाएको छैन । पोस्टमार्टम रिपोर्ट आएपछि मात्र निधनको कारण थाहा हुने बताइएको छ । यद्यपी, उनलाई हृदयघात भएको अनुमान गरिएको छ ।
भट्टराईले दर्जनौँ चलचित्रहरु तथा टेलिसिरियलहरुमा अभिनय गरेका थिए भने ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्दा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’, ‘यात्रा’ लगायतका चलचित्रहरु निर्माण गरेका थिए ।
करिब एक बर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका भट्टराईले केही राम्रा कामको सुरुवात गरेको चलचित्रकर्मीहरु बताउँछन् । उनको शवलाई त्रिवि शिक्षण अस्पतालमा पोष्टमाटर्म गरिने र त्यसपछि श्रद्धान्जलीका लागि चलचित्र बिकास बोर्ड परिसरमा राखिने बताइएको छ ।
        
                    
        
                                        
                                                                                                
        
        
        




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)











        
        
















































