धरानः नेपाल आइस मिस पुर्वाञ्चल २०१९ को उपाधि पथरीकी रिजु भटराईले जितेकी छिन् ।
शनिबार राती धरान ८ स्थित सभागृहमा सम्पन्न मिस पूर्वाञ्चलको फाइनलमा अन्य २० प्रतिस्पर्धीहरुभन्दा आफु अब्बल सावित गर्दै उनले ताज पहिरिएकी हुन् । प्रतियोगिताको मुख्य निर्णायक एवं वरिष्ठ गायक दीप श्रेष्ठले भिजिट नेपालबारे सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिदै उनले उपाधि जितेकी हुन् । यसअघि उनी उनी मिस पथरी शनिश्चरे २०१९ की विजेता पनि हुन् । उनलाई मिस पुर्वाञ्चल २०१८ की विजेता पूजा श्रेष्ठले ताज पहिराइदिएकी थिइन् ।
भटराईले उपाधिसँगै २ लाख रूपैयाँ जितिन् । यस्तै, अध्ययनको लागि युएन कलेजमा छात्रवृत्ति पनि पाइन् । उपाधिसँगै उनले मिस पर्सनालिटीको सवटाइटल पनि हात पारिन् । साथै उनले हङकङ भ्रमणको अवसर पनि पाइन् । उनलाई संगीत, चित्रकला र गायनमा रुचि छ । यसैगरि, प्रतियोगितामा एन्जल राईले फस्ट रनरअपको उपाधि जितिन् भने सिमरन लिम्बू सेकेण्ड रनरअप बनिन् ।

प्रतियोगितामा मिस फोटोजेनिक रेश्मा राई, मिस वेष्ट वर्क सुस्मिता बराइली, मिस मल्टीमिडिया एञ्जल राई, मिस इन्टरएक्चुअल सिमरन लिम्बू, मिस पंचुअल स्वेता पोख्रेल, मिस ट्यालेन्ट अनुपमा बस्नेत, मिस वेष्ट कम्प्लेक्सन विपना तामाङ, मिस फोटोजेनिक एन्जल राई घोषित भएकी थिइन् । प्रतियोगितामा टप १२, टप ५ हुँदै विजेता घोषणा गरिएको थियो । सिल्भर इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगितामा टप १२, टप ५ हुँदै विजेता घोषणा गरिएको थियो । तस्बिर स्रोतः हाम्रोकोशीआवाज

        
                    
        
                                        
                                                                                                
        
        
        




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)











        
        
















































