इटहरी : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीले शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै पत्रकार भैरव आङ्ंलालाई सम्मान गरेको छ ।

उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय सघ (हिसान) सुनसरीले आङ्लालाई २० हजार रुपैयाँ राशिले पुरस्कृत गरेको हो । हिसानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष युवराज शर्मा शिवाकोटीले सम्मानपत्र र दोसल्ला ओढाएर पुरस्कार प्रदान गरेको हुन् । यस्तै, हिसान सुनसरी शिक्षारत्न सम्मानबाट स्वयमप्रकाश शर्मालाई सम्मानित भएका छन् । हिसान सुनसरीले विगत आठ वर्ष देखि हिसान स्पोट मिट आयोजना गर्दै आएको छ । हिसान सुनसरी अन्र्तगत रहेका विभिन्न विद्यालयका प्रत्यक्ष अप्रत्यक्ष रुपमा गरी ८ हजार विद्यार्थीहरुको सहभागितामा प्रतियोगिता सम्पन्न भएको कार्यक्रम संयोजक एवंम हिसान सुनसरीका सचिव सागर भट्टराईले जानकारी दिए । यसपटकको स्पोर्टस मिटमा प्रतियोगितामा पहिलो पटक पाककला र चेस प्रतियोगिताको पनि प्रतिस्पर्धा गराइएको थियो ।