काठमाडौं : सोमबारदेखि थुनामा रहेकी गायिका आस्था राउतलाई धरौटीमा छाड्ने तयारी भएको छ । गायिका राउत प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा सोमबारदेखि थुनामा रहेको हो ।

प्रहरीले सरकारी वकिलले तयार पारेको अभियोग पत्रसहित आज राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रस्तुत गरेर आवश्यक धरौटी लिएर छाड्ने तयारी गरेको हो । राउतलाई लागेको अभियोगमाथि आजै थुनछेक बहस हुने र गायिका राउतलाई धरौटीमा छोड्ने तयारी भएको जनाइएको छ । अभद्र व्यवहारको मुद्दामा जिल्ला प्रशासन कार्यालयले नै धरौटी लिएर छाड्ने गरेको नजिर छ ।

प्रहरी हिरासतमा रहेकी गायिका राउत सोमबार बेलुका बिरामी भएपछि त्रिपुरेश्वर स्थित ब्लुक्रस अस्पतालमा उपचारारत छिन् । ड्युटीमा रहेका बेला आफूलाई दुव्र्यवहार गरेको भन्दै त्रिभुवन विमानस्थलमा कार्यरत महिला प्रहरी जवान रमिला श्रेष्ठले जाहेरी दिएपछि प्रकाउको तयारी हुँदा हुँदै राउत आफैं सोमबार प्रहरी कार्यालय पुगेकी थिइन् ।