धरान : युवा रंगकर्मीहरुले बसाइँ उपन्यासलाई नाट्य रुपान्तरण गरेर माघ ९ गतेदेखि धरान १५ स्थित सदन सभाहलमा मञ्चन थालेका थिए । माघ १३ गतेसम्म मञ्चन गर्ने भनिए पनि थप २ दिनसम्म नाटक मञ्चन गर्नुपर्यो ।

दर्शकको माग बढेपछि २ दिन समय थपिएको नाटक बसाइँ बुधबार ७ दिनमा १६ औं पटक मञ्चन हुँदै सकियो । नाटकले दर्शकको मन यति जित्योे कि अझै मञ्चनको माग भइरहेको थियो, तर मञ्चनको लागि हल थप बुकिङ हुन पाएन । बुधबार मन चुकचुकाउदै बसाइँका कलाकारहरुले नाटक विट मार्न बाध्य भए । तथापी, कलाकारहरुले मनमा थप उत्साह, उर्जा बोकेर विदा भए । अर्को पटक अझ राम्रो नाटक लिएर आउने वाचासहित विदा भए ।

basai 2

साहित्यकार लीलबहादुर क्षेत्रीद्धारा लिखित नाटक बसाइँलाई धरानको रंगभुमी एकेडेमीले प्रस्तुत गरेको थियो । नाटक यति रुचाइयो कि सोमबार एक दिनमै ४ पटकसम्म मञ्चन गर्नुपरेको थियडो । गरिब एक परिवारले साहुबाट ऋण लिएर खेती किसानी गर्दा पनि केही उपाय नलागेपछि आफ्नो घरखेत नै बेचेर बसाइँ सर्न बाध्य भएको उपन्यासमा आधारित भएर तयार गरिएको थियो नाटक बसाइँ । नाटकको परिकल्पनाकार तथा निर्देशन मिलन चाम्लिङ राईले गरेका थिए भने उपन्यासलाई युवा किव विनय सरगमले नाट्य रुपान्तरण गरेका थिए ।

basai3

नाटकमा कलाकारहरु विकास पराजुली, तुलसा थापा, शंकर थापा, मिलन चाम्लिङ, गोमा पौडेल, एन्नुमा चाम्लिङ, बलबहादुर राई, मिलन भुजेल र सन्देश दाहालको दमदार अभिनय छ । नाटकमा संगीत संयोजन विनायक राईको छ भने प्रकाशन संयोजन हरि इवाहाङ लिम्बु , पोशाक तुलसा थापा र मञ्च परिकल्पना विकास पराजुलीले गरेका थिए । ‘अझै माग हुँदा हुँदै पनि हामीले आजै समापन गर्नुपर्ने बाध्यता भयो । हल त १३ गतेसम्मलाई मात्र बुक गरेका थियौं,’नाटकका निर्देशक राईले भने,‘दर्शकहरुले धेरै रुचाइदिनु भयो, राम्रो काम गर्यौं भनेर हौसला दिनु भयो । अब अर्को यो भन्दा पनि राम्रो काम गर्ने उत्साह मिलेको छ ।’ झण्डै २ बर्षअघि पनि रंगभुमी एकेडेमीले नै नाटक इङघङ धरान सभागृहमा मञ्चन गरेको थियो । यो नाटकले पनि दर्शकहरुको मन जितेको थियो ।

basai2 2

basai4 1