धरान : पूर्वी नेपालमा सोमबार राति ९ बजेर ७ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ ।
भारतको सिक्किम केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पको धक्का सुनसरी, मोरङ, भोजपुर, खोटाङ सङ्खुवासभा सहितका जिल्लामा पनि महसुस भएको छ ।
पूर्वी नेपालमा पाँच मिनेटको अन्तरमा भूकम्पको झट्का महसुस भएको स्थानीयवासीले बताएका छन् । भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिक्किमलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको मापन ५.६ रेक्टर स्केल रहेको छ ।





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































