चतरा: वराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ पर्ने श्रीलङ्का टप्पुवासीले ५ वर्ष पूरा गरेको निलम खनाल नेतृत्वको स्थानीय सरकार आफ्नो समस्या टुलुटुलु हेरेर रमिते बनेको बताएका छन्।
शुक्रवार गठबन्धनको घरदैलो कार्यक्रमका टप्पु पुग्दा मेयरका उम्मेदवार रमेश कार्की र उपप्रमुखका उम्मेदवार अमित गौतमसँग स्थानीयले आधारभूत आवश्यक्ताकालागि पटक पटक आफ्नो गुनासो नगरपालिकामा आएर राख्दा नगर प्रमुखले बेवास्ता गरेको गुनासो गरे।
स्थानीय रामप्रातव मण्डलले टप्पुवासीले वर्षौँदेखि गौ चरणको रूपमा उपभोग गर्दै आएको खुल्ला चौरलाई स्थानीयको भावना विपरीत कबुलियत बनको नाममा खनजोत र घेरावेरा गर्न नगर प्रमुख निलम खनाल मौन बसेर बेलका नगरपालिकालाई सहयोग गरेको बताए। उनले बेलका नगरपालिकाले वराहक्षेत्रको सिमाना मिच्दा समेत मेयर खनाल चुप बसेको आरोप लगाए।
वडा नं ६ र ९ मा हरेक जलान, एबिसि टप्पु, माझी टोल लगाएका बस्तीमा बसोबास गर्ने टप्पुवासीलाई वराहक्षेत्र नगरपालिकाले भावनात्मक रूपमा जोडन कुनै किसिमको योजना ल्याएको स्थानीय प्रकाश चन्दवशीले बताए। जङ्गली जनावरले आक्रान्त, प्राकृतिक प्रकोपले टप्पुवासीलाई सताउँदा नगर प्रमुख मौन बसेको आरोप टप्पुवासीको आरोप छ।
tappu