चतरा : नेपाली काँग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनका तर्फबाट वराहक्षेत्र नगरपालिकाका मेयर पदमा उम्मेदवारी दिएका रमेश कार्कीको जन्म बुवा तिलक र इन्द्र कुमारी कार्की कोखबाट वि।सं। २०३६ सालमा तत्कालीन वराहक्षेत्र गाविस वडा नं २ हाल वराहक्षेत्र नगरपालिका २ पुल्ढेगौढामा भएको हो। विद्यालय अध्ययन गर्दादेखि नै सामाजिक कार्यमा लागेका लागेका कार्कीले स्नातक सम्मको अध्ययन गरेका छन् । 
कार्की नेपाली काँग्रेसको १२ औ महाधिवेशनमा तत्कालीन महेन्द्रनगर गाऊ हिकाइको कोषाध्यक्षमा निर्वाचित भएका थिए। १३ औँ अधिवेशनबाट तत्कालीन सुनसरी क्षेत्र नं ६ को सचिवमा मनोनीत भए । कार्की गएको स्थानीय तहको निर्वाचनमा वराहक्षेत्र ७ नम्बर वडामा अध्यक्षको उम्मेदवार बनेका थिए।
कार्की सामाजिक क्षेत्रमा समेत सक्रिय छन् । उनले चक्रघट्टि जेसिजको अध्यक्ष जिम्मेवारीसमेत पूरा गरिसकेका छन् । कार्कीले कोरोना महामारीको समयमा आर्थिक समस्यामा परेकाहरूलाई एम्बुलेन्स सहायता उपलब्ध गराउनुका साथै स्वास्थ्य सामाग्री वितरण, स्यानिटाइजर वितरण अभियान, विभिन्न बिपतमा सहयोगसंगै वराहक्षेत्रको विभिन्न स्थानमा पुगेर राहत सामग्री वितरण कार्यमा खटेका थिए। त्यस्तै बाढीपीडितका लागि राहतसँगै लत्ताकपडा र भाँडाकुँडासमेत वितरण गरेका थिए । 'सेवा नै धर्म हो' भन्ने मूल मन्त्रका साथ राजनीतिमा लागेका कार्की राजनीतिलाई सेवाका रूपमा आत्मसाथ गरेर अगाडि बढिरहेको बताउँछन् ।
कार्कीले मेयरमा निर्वाचित भएमा पाँच वर्षभित्र वराहक्षेत्रमा भएको अनियमित अन्त्य, भ्रष्टाचार न्युनिकरणगरि वराहक्षेत्रका नगर बासीलाई गर्व लायक वराहक्षेत्र बनाउने प्रतिबद्धता समेत जनाए।