चतरा : चुनावमा उम्मेदवार भए पनि शान्ति पूर्ण रूपमा मत माग्न पाउनु उम्मेदवारको अधिकारको हो । तर वराहक्षेत्रमा नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धनका मेयरका उम्मेदवार रमेश कार्की र उपमेयरका उम्मेदवार अमित गौतम आफ्नो अधिकारसँगै  कर्तव्य पनि पूरा गरी रहेका छन् ।
उम्मेदवारहरू जहाँ जहाँ मत माग्न जान्छन् तपाइको समस्या के छ? भनेर सोधिखोजी गर्दैछन । मलाइ मत दिनुस् पनि भन्दैन वराहक्षेत्रको विकास गर्न साथ दिनुस् है भनेर उमेर अनुसारको सद्भाव देखाउँछन् ।
आशीर्वाद माग्छन् वराहक्षेत्रलाई समृद्ध बनाउन सहयोग गर्नुस् भन्छन् । मलाई म दिए अवसर हुने एमालेलाई मत नदिए सजाए हुने बताउँदै उम्मेदवार कार्की फेरी आशीर्वाद लिन आए है भनेर मुस्कुराउँछन् । घर घर पस्छन् र तपाईँको समस्या के छ भनेर टिपोट समेत गर्छन् ।
शनिवार गठबन्धनका उमेदवारहरु संयुक्त रूपमा वराहक्षेत्र  १ बगुवामा घरदैलो कार्यक्रममा मेयरका उम्मेदवार रमेश कार्कीले भ्रष्ट्राचार अन्त्य गरेर नगर समृद्ध बनाउने भन्दै परिवर्तन आवश्यक रहेको बताए । उनले वराहक्षेत्रवासीले एक मौका दिए वराहक्षेत्र भित्रका विकृतिको अन्त्य गराउने प्रतिबद्धता व्यक्त गरे । उपमेयर गौतमले एमालेको अराजक शैलीले जनता वाक्क दिक्क भएको गुनासो गर्ने गरेको बताए ।
samasya-sundai-2