विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की ले प्रदेशबासीलाई आज शुक्रवार बिहान विक्रम संवत् २०८० सालको शुभकामना सन्देश दिदैं आन्दोलन मार्फत प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्दै देशमा आर्थिक, सामाजिक रूपान्तरण, समृद्धिको यात्रालाई तीव्र गतिमा अगाडि बढाउने र राष्ट्रलाई आत्मनिर्भर बनाउने सबैको साझा जिम्मेवारी र दायित्व उल्लेख गरेका छन् ।
नयाँ वर्षको आगमनसँगै मुलुक शान्ति, स्थिरता, सुशासनका साथै स्वच्छ, सुखी र समुन्नत प्रदेशको लक्ष्य हासिल गर्ने स्पष्ट गन्तव्यसहित अगाडि बढिरहेको हुँदा हामी सबैका लागि यो वर्ष सुखद र उपलब्धिमूलक बन्न सकोस् भन्ने कामना गर्दछु, भन्दै सन्देशमा ‘प्रदेशभित्र रहेका स्रोत, साधन र प्राकृतिक सम्पदालाई समुचित उपयोग गर्दै प्रदेशलाई समृद्ध, समुन्नत बनाउने दायित्व हाम्रो काँधमा आएको’ उल्लेख गरिएको छ ।