धरान : आफ्नै भाईले दिदीको सुनको गहना ब्रासेलट चोरेर फरार भएको छन् । दिदीले प्रहरीमा उजुरी दिएपछि चोर भाइको खोजीमा प्रहरी लागेका छन् । आफ्नै चोर भाइ समात्न प्रहरीको सहयोग लिनुपर्ने घटना धरान-५ देउराली एकता चोकमा आज सोमवार भएको हो ।

दिउँसो घरबाटै सुनका गरगहना सिक्री ब्रास्लेट र लकेट गरी ४ तोला सुन र नगद सहित चोरेर आफ्नै भाइ राजेश खनाल फरार भएको रसिला भण्डारीले वडा प्रहरी लाई बताएकी हुन । रसिला इटहरी-४ खनाल परिवारबाट धरान-५ का इन्द्रबहादुर भण्डारीसँग विवाह गरी आएकी हुन् ।

भाइ खनाल आफ्नो घरमा आएर पटक पटक चोर्दै भाग्ने गरेको रसिलाले बताइन् । सोमवार गेटमा चाबी लगाएको अवस्थामा पनि खनाल घरमा पसेर सुन चोरर फरार भएको उनको भनाई छ ।

रसिलाका अनुसार उनी बिपी प्रतिष्ठानमा उपचार गरेर घर फर्किएपछि लगाएको सामान खोलेर लेडिज ब्यागमा सामान राखी घर बाहिर बारीमा गएका थिए । चोरी भएको बेला छोरी घरमै सुतिरहेकी थिइन् । खनालले तीन पटक मङ्गलसूत्र र पाउजु २ थान र औँठी तथा नगद ४० हजार रुपैयाँ समेत चोरी गरी फरार भएका थिए ।

चोरी पछि बर्षौ सम्म फरार भई काठमान्डु बस्दै आएको भाइ केही दिनअघि मात्र इटहरी र धरानमा देखा पर्ने गरेको रसिलाले बताइन् । उनले चोरीको घटना वडा प्रहरी कार्यालयमा मौखिक उजुरी दिएकी हुन । खनालको घर परिवार र प्रहरीले चोरको खोजी तीव्र रूपमा गरिरहेको रसिलाले बताइन् ।