धरान : नेपाली काँग्रेस धरान उपमहानगर सभापति श्याम पोखरेलले पार्टीका ‘साथीहरू’ सामाजिक सञ्जालमा पार्टी तथा व्यक्ति विशेषप्रति ‘कमेन्ट’ गर्दा मर्यादित, अनुशासित रूपमा प्रस्तुत भई धैर्यता देखाउन आग्रह गरेका छन् ।

काँग्रेस तथा नेताहरूप्रति असन्तुष्टि प्रकट गर्दै सामाजिक सञ्जालमा अमर्यादित कमेन्टहरू गरिन थालेपछि सभापति पोखरेलले आज फेसबुकमा काँग्रेस कार्यकर्ताहरूलाई ‘साथीहरू’ भनी एक स्ट्याटस मर्यादित, अनुशासीत र संयमीत हुन आग्रह गरेका हुन ।

उनले स्टाटसमा भनेका छन् ‘सबै साथीहरूलाई धैर्य, मर्यादित र अनुशासित रूपमा सामाजिक संजालमा प्रस्तुत हुन हार्दिक अनुरोध गर्दछु ।’ घरमा सबै परिवारको उतिनै हक लाग्छ र घरपरिवारको कुरा घर भित्र नै बसेर सरसल्लाह गरेको राम्रो हुन्छ ।

पार्टी तथा नेताप्रतिको असन्तुष्टि प्रकट गर्ने थलो पार्टी भित्रै भएको उनले कार्यकर्ताहरूलाई ध्यानाकर्षण गराउँदै ‘पूर्वजहरूको लामो त्याग, तपस्या, बलिदान, निष्ठा र मेहनत बाट जन्मेको यो मुलुकको मातृ पार्टीका अनुशासित सन्तान भएको नाताले’ उक्त आग्रह गरिएको बताएका छन् ।

काँग्रेसलाई काँग्रेस बनाउन पार्टीमा सबैको योगदान बराबर रहेको उल्लेख गर्दै सभापति पोखरेलले भनेका छन् ‘नेपाली काँग्रेस पार्टीका सबै साथीहरूको उत्तिनै मेहनत र लगानी छ ।’

विचार र आस्थाले काँग्रेसमा प्रतिबद्ध भएका कार्यकर्ताहरू अहिले पनि विचलित नभएको, पदको क्षणिक प्रलोभनमा नअल्मलिन आग्रह गर्दै उनले स्टाटसमा लेखेका छन् ‘अवसर भन्दा पनि आस्था बुझेका भातृ एवं शुभेच्छुक संघसंस्था, टोल, वडा, नगर, प्रदेश सभा, क्षेत्र र सो भन्दा माथिल्लो निकाय, पूर्व पदाधिकारी एवं धरानका सम्पूर्ण क्रियाशील साथै आम  काँग्रेजनमा हतोत्साहे र क्षण्भरको रसिलो पनमा नअल्झिलिन हार्दिक अनुरोध गर्दछु ।’