वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकालाई सफा, सुन्दर बनाउने अभियान अन्तर्गत बुधवार बिहान चक्रघट्टि क्षेत्रमा बृहत सरसफाइ कार्यक्रम आयोजना गरिएको छ ।

सार्वजनिक स्थानमा राखिएका भौतिक संरचना, रुख बिरुवालाई हटाउँदै र सचेतना जगाउँदै नगर प्रमुख रमेश कार्कीको नेतृत्वमा सुरु भएको सफाई अभियानमा वडामा जनप्रतिनिधि, कर्मचारी, स्थानिय सघं, संस्थाका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियवासिहरुको समेत वाल्लो सहभागिता रहेको थियो ।

नगरपालिकाको गेटबाट सुरु सरसफाइ अभियान चक्रघट्टिको मुनाल चौक, बसपार्क क्षेत्रमा सरसफाइ र सडक क्षेत्रमा निर्माण भएका संरचनाहरूलाई हटाउन निर्देशन समेत दिइएको वडा नं.६ का अध्यक्ष उद्भवप्रसाद पोखरेलले बताए ।

सरसफाइ कार्यक्रम अन्तर्गत चक्रघट्टि-राजबास सडक भित्र रहेका रुख, बिरुवाहरू समेत सफाइ गरिएको थियो । सडकको छेउछेउमा मानिसले रोपिएका घासका रुख र बासहरू समेत हटाइएको थियो

नगरपालिकालाई सुन्दर बनाउन सुरु भएको अभियानलाई नगरव्यापि बनाईने नगर प्रमुख कार्कीले बताए । स्थानीयवासीको सहयोगले मात्र नगरपालिका सफा बन्ने भएकाले सरसफाइ अभियान टोल-टोलसम्म आवश्यक रहेको कार्कीको भनाई छ ।

barachetra-sarsafai