वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले विभिन्न जातिका मौलिक, सांस्कृतिक प्रस्तुति सहित झाँकी सहितको प्रभात फेरी कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाइएको छ।

बुधवार नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नेपाल मगर सङ्घ वराहक्षेत्र, नेवा: देय दबूँ वराहक्षेत्र, थारु कल्याणकारिणि वराहक्षेत्र, सुनुवार सेवा समाज वराहक्षेत्र, माझी उत्थान सङ्घ वराहक्षेत्र, तामाङ घेदुङ सङ्घ वराहक्षेत्र त्यस्तै नेपाल उराँउ सङ्घ वराहक्षेत्र-८ कालापानी, वराहक्षेत्र-८ तीनकुने, नेपाल शेर्पा सङ्घ वराहक्षेत्र, सुनुवार सेवा समाज वराहक्षेत्र,  नौमती पञ्चे बाजा समूह वराहक्षेत्र-६ र सिहवाहिनि नौमती बाजा समूहले सांस्कृतिक तथा जातीय मौलिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

बुधवार बिहान नगर प्रमुख रमेश कार्कीको संयोजकत्वमा ब्यानर तथा सांस्कृतिक झाँकी सहित प्रभात फेरी कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रममा उप-प्रमुख नन्दकुमारी सुनुवार, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्य सहित ११ वटै वडाबाट स्थानिय सङ्घ, संस्थाका प्रतिनिधि, सामाजिक अगुवा, बुद्धिजीवी, कर्मचारी, इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सशस्त्र बेस क्याम चतरा, उद्योग वाणिज्य सङ्घ वराहक्षेत्र, चतरा , चक्रघट्टि जेसीज, नयाँ पिँडी, ग्रामीण पत्रकार समूह, महेन्द्र मावि चक्रघटि, कोशी मावि, भानु आधारभूत, राधाकृष्ण संस्कृत विद्यालय, महेन्द्र मावि तित्रिगाछि, मनिङ्ग स्टार, भुजेल सेवा समाज, जीवन विज्ञान लगायतका सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

नगरपालिकाको कार्यालयबाट सुरु प्रभात फेरी कार्यक्रमले मुनाल चौक, बस स्टेण्ड, राँगा चौक, बुधबारे चौक, आइतबारे चौक, सिनेमा लाइन, पानी टङ्की, जंङ्गि चौक, महेन्द्र गेट, मुनाल चौक लगायतका स्थान परिक्रमा गरेर नगरपालिकाको कार्यालयमा कोणसभामा परिणत भएको थियो ।

वराहक्षेत्र नगरपालिकाले संविधान दिवसको अवसरमा मङ्गलवार बिहान ११ वटै वडामा वृहत् सरसफाइ र साँझ दीप प्रज्वलन गरेको थियो ।

sambhidan diwas barachetra 2

sambhidan diwas barachetra 3

sambhidan diwas barachetra 4

sambhidan diwas barachetra 5