इटहरी : कोशी प्रदेश सरकार बाट नेकपा एमाले बाहिरिएको छ । मुख्यमन्त्री केदार कार्कीले माओवादी र नेकपा एसका सांसदलाई मन्त्री नियुक्त गरेपछि एमालेले सरकार छाडेको हो ।

मुख्यमन्त्रीले एमाले सँगको सहमति कार्यान्वयन नगरेको भन्दै मन्त्री राम बहादुर रानाले शनिवार राजीनामा दिएका छन् । नेपाली काँग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री चयन भएका कार्कीले सरकारमा केन्द्रीय गठबन्धनलाई निरन्तरता दिएका छन् ।

मुख्यमन्त्री कार्कीले माओवादीका गणेश उप्रेती र एकीकृत समाजवादीका कमलप्रसाद जवेगु मन्त्री थपिएका छन् ।