इटहरी : कोशी प्रदेश सभा सदस्य भिमप्रसाद पराजुली छैठ पूजा गर्न घरदेखी दण्ड प्रणाम गर्दै घाट सम्म जाँदै छन् । घर देखि घाटसम्म शरीरले नापेर (दण्ड प्रणाम) यात्रा गरेका हुन् ।

पराजुलीले विराटनगरको कन्चनबारी स्थित घरबाट ३ किलोमिटर पूर्वमा पर्ने सिंघिया घाटसम्म जादैछन । घर नजिकैको शिव पाञ्चायन मन्दिरमा पूजा गर्दै सिंघिया खोलामा राखिएको पूजा स्थलसम्म दण्ड प्रणाम गर्दै यात्रा गरेका हुन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पराजुलीले धर्म सहितको सनातन हिन्दु राष्ट्रको माग राख्दै दण्ड प्रणाम यात्रा गरेको बताएका छन् । आफू राजनीतिक प्राणी भएकाले बौद्धिक सनातनी धर्म चाहिने उनले बताए ।

दण्ड प्रणाम यात्राका लागि उनी शनिवारदेखि व्रत बसेका छन् ।  २०४८ सालदेखि छैठी माताको उपासना गरे पनि बुवा र दुई दाजुको निधनका कारण तीन वर्ष रोकिएको उनले बताए ।