धरान : शिक्षक, कर्मचारीको बढुवा माग गर्दै सुरु भएको आन्दोलन र आन्तरिक गुटबन्दीका कारण प्रायः ठप्प भएको वीपी प्रतिष्ठानको सेवा सोमवार देखी सुचारु भएको छ ।
वीपी प्रायः ठप्प भएपछि तत्काल अस्पताल सेवा, पठनपाठन सुरु गर्न आइतबार देखी नागरिक आन्दोलनले दबाब सिर्जना गरेको थियो ।
धरान वडा-१८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रवीण)ले वीपी प्रतिष्ठान बचाउ अभियान सुरु गरेका थिए । अभियानले आइतबार र सोमवार युवा तथा धरानवासीको सहभागितामा प्रतिष्ठानमा दबाब मुलुक प्रदर्शन गरेको थियो ।
सोही नागरिक दबाबपछि प्रतिष्ठानका उपचार लगायतका सेवा क्रमशः सुचारु भएको वीपी बचाउ अभियानको तर्फबाट नरेन्द्रकुमार राईले आज वक्तव्य जारी गर्दै जनाएको छ ।
वक्तव्यमा दबाब सिर्जना गर्न सहभागिता जनाएका धरानवासीहरू तथा प्रतिष्ठानमा सेवा सुचारु गर्ने सम्पूर्ण सेवाकर्मीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरिएको छ ।भनिएको छ ‘आगामी दिनमा पनि प्रतिष्ठानको सुधारका निमित्त निरन्तर खबरदारी गरिरहने प्रतिबद्धता जाहेर गर्दछौँ ।’
BPKIHS Dharan