धरान : नेपाल रेडक्रस सोसाइटी सुनसरीको ४९औँ जिल्ला अधिवेशनले सभापति उमेश थापा सहित १७ सदस्यीय नयाँ जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

रेडक्रस सोसाइटीको विधान अनुसार अघिल्लो कार्यसमितिको २ वर्षे कार्यकाल समाप्त भएपछि चैत १३ बाट सुरु भएको निर्वाचन प्रक्रिया हिजो शुक्रवार १६ गते निर्विरोध सम्पन्न भएको निर्वाचन अधिकारी तथा रेडक्रस प्रदेश अध्यक्ष नरेन्द्रप्रसाद पोखरेलले बताए ।

उनका अनुसार निर्वाचन कार्यक्रम अनुसार चैत २२ गते तोकिएकोमा जिल्ला कार्यसमितिका लागि आवश्यक पदाधिकारी सदस्यहरूमा १/१ प्रत्याशीको मात्र उम्मेदवारी परेकोले निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

नव निर्वाचित कार्यसमितिमा महिला उपसभापति सीमा बस्नेत (इटहरी), खुल्ला उपसभापति मुकुल कायस्थ (धरान), मन्त्री प्रकाश राई (धरान), कोषाध्यक्ष विष्णुदेव मण्डल (इनरुवा), उपमन्त्री कृष्णप्रसाद भट्टराई (इटहरी), उपकोषाध्यक्ष श्यामप्रसाद पोखरेल (रामधुनी) रहेका छन् ।

कार्यसमिति सदस्यमा महिला उत्तरकुमारी शाक्य (धरान), वेणु काफ्ले (धरान), रमिता श्रेष्ठ (धरान) तथा वासुदेव गौतम (धरान), रविनकुमार घिमिरे (वराहक्षेत्र), ईश्वर घिमिरे (रामधुनी), विमलकुमार शर्मा पौडेल (इटहरी), चन्द्रकुमार गिरी (इटहरी), कृष्णप्रसाद देव (हरिनगर) र शिवराज श्रेष्ठ (धरान) छन् ।

Red-cross-dharan