धरान : झापाको कन्काई नगरपालिका-९ का २६ वर्षीय ललित कुमार राजवंशी र बिर्तामोड-३ का २५ वर्षीय अनिल कुमार राजवंशीलाई ४८० मिलिग्राम लागुऔषध ब्राउनसगुर र १ थान मोबाइल सहित प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उनीहरूलाई मङ्गलवार साँझ विर्ता बजार प्रहरी चौकीको प्रहरी टोलीले पक्राउ गरेको हो ।

यसैगरी दमक-९ का ३५ वर्षीय विनोद राई र ३१ वर्षीय गोपाल लम्जेललाई मङ्गलवार राती ७ ग्राम १०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले दमक-८ बाट ७ ग्राम १०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।