इटहरी : इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को लागी ३ अर्ब ५७ करोड ८४ लाख ५० बजेट ल्याएको छ । सोमबार राती प्रस्तुत बजेट नीति तथा कार्यक्रममा ९६ करोड आन्तरिक आय अनुमान गरिएको हो ।

उपमेयर सङ्गीता चौधरी बिना छलफल बजेट पेस गर्न लागेको भन्दै अनुपस्थित भएपछि वडा अध्यक्ष दिवस पोखरेलले बजेट प्रस्तुत गरेका हुन् । नेकपा एमालेले बहिष्कार गरेको नगर सभामा सङ्घीय समानिकरण अनुदान २९ करोड ५६लाख, सङ्घीय ससर्त अनुदान चालु तर्फ  ४९ करोड ४३ लाख र सङ्घीय ससर्त अनुदान पुँजीगत तर्फ ८१ करोड ९३ लाख ११ प्राप्त हुने उल्लेख छ । त्यस्तै सङ्घीय समपुरक अनुदान ४ करोड, सङ्घीय विशेष अनुदान  ५ करोड आउने प्रक्षेपण गरिएको हो ।

प्रदेश समानिकरण अनुदान १ करोड ९४ लाख , प्रदेश ससर्त अनुदान चालु खर्च तर्फ ३२ लाख ३८ हजार, प्रदेश ससर्त अनुदान पुँजीगत खर्च तर्फ २ करोड ४४ लाख र प्रदेश समपुरक अनुदान १ करोड ७७ लाख आउने बजेटमा उल्लेख छ ।

सङ्घीय राजश्व बाँडफाँड १९ करोड ११ लाख, प्रदेश राजश्व बाँडफाँड (सवारी कर) २ करोड ३३ लाख र प्रदेश राजश्व बाँडफाँड (मालपोत रजिष्ट्रेसन)  ५६ करोड अनुमान गरिएको हो ।

चालु खर्च तर्फ १ अर्ब ४१ करोड ३४ लाख ३७ हजार अर्थात् कुल बजेटको ३९.५ प्रतिशत खर्च गर्ने उपमहानगरपालिकाको योजना छ । वित्तीय व्यवस्था अन्तर्गत साँवा ब्याज भुक्तानी तर्फ ९० लाख अर्थात् कुल बजेटको ०.२५ प्रतिशत र पुँजिगत तर्फ  २ अर्ब १५ करोड ६० लाख (६०.२५%) खर्च गर्ने बजेटमा उल्लेख छ । जस मध्ये विषयगत तर्फ ३० करोड, वडा सीमा तर्फ  ३८ करोड, नगर स्तरीय योजनाको लागि  ८ करोड विनियोजन गरिएको छ ।

यस्तो छ इटहरी उपमहानगरपालिकाको बजेटको पुर्णपाठ :