धरान : खानेपानी व्यवस्थापन बोर्डले अवैधानिक रूपमा गरेको शुल्क, महसुल वृद्धि खारेजीको माग गर्दा आन्दोलनमा उत्रिएका राजनीतिक दलहरूले आज शनिवार पनि दुई स्थानमा कोणसभा गरेका छन् ।
संयुक्त सङ्घर्ष समितिको चरणबद्ध आन्दोलन अनुसार शनिवार धरान-१८ बुद्धचोक र धरान-१५ श्याम चोकमा सभा गरेका हुन ।बुद्धचौकको सभामा निवर्तमान नगर प्रमुख तिलक राईले खानेपानीमा वृद्धि गरिएको शुल्क खारेज नगरे अब धराने जनताले निरङ्कुश नगर प्रमुखको प्रतिकार गर्ने बताए ।
उनले भने ‘धराने जनतालाई पानी खुवाउन एडिबीसँग ऋण लिएको हो, ऋण १० वर्षका लागि लिएको छ, जनतालाई मारमा पारेर आजै तिरीसक्नु पर्छ भन्ने छैन ।’
तर नगरप्रमुख हर्क साम्पाङले तत्काल ऋण बुझाई सक्नुपर्ने जस्तै गरेर जनताको ढाड सक्दै महसुल वृद्धि गर्नु गलत भएको उनको भनाई छ ।
राईले प्रश्न गरे ‘हर्क साम्पाङको आफ्नो घरको लागि ऋण लिएका हो र ऋण तिर्न आतुर भई खानेपानी महसुल बढाएको हो ?’ १ रुपैयाँ शुल्क बढाउँदा पनि साम्पाङलाई त लाज हुनु पर्ने कुरा भएको बताउँदै उनले पूनः प्रश्न गरे ‘निःशुल्क पानी खुवाउँछु भन्ने चुनावी एजेण्डा लिएर नगर प्रमुख भएका होइनन् ?’
अहिले हर्क साम्पाङ कुन मुख लिएर २० रुपैयाँ त बढेको हो नि भन्दै हिडीरहेका छन् लाज सरम लाग्दैन ? भन्ने उनको भनाई छ । पहिले नियम विधि र प्रक्रिया सङ्गत बोर्डले ५ रुपैयाँ मूल्य बढाउँदा उनै हर्क साम्पाङ होईनन मूल्य बढाउनु हुँदैन भन्दै उपमहानगरपालिकाको गेटमा चढ्दै बाँदर प्रवृत्ति देखाउने ?
गेटको सबै भन्दा टुप्पोमा चढेर गेट हल्लाउँदै गेट तोडफोड गरेको होइन ? प्रश्न गर्दै निर्वतमान प्रमुख राईले भने ‘उसलाई हेक्का होस आफू अभियन्ता हुँदा हिजो पानीको पाइप काट्दै हिँड्ने उनै होइनन् ?’
उनै होईन खानेपानी बोर्ड र खानेपानी संस्थान मर्ज हुँदा खानेपानी आयोजना मर्ज हुनु हुँदैन भन्ने ? तर उनै आज स्वघोषित बोर्ड अध्यक्ष हुँ भन्दै महसुल बढाउने ? नैतिकता छ कि छैन ?
उनले नगर प्रमुख हर्क साम्पाङले धराने जनतालाई हेपेको धेरै भएको बताउँदै खानेपानीमा वृद्धि गरिएको शुल्क/महसुल खारेज नगरी नहुने बताउँदै भने ‘अव प्रतिकार हुन्छ जनतालाई सामान्य नसोचे हुन्छ ।’
नगर प्रमुख साम्पाङले अभियन्ता हुँदा खानेपानी परियोजनामा भ्रष्टाचार भएको आरोप लगाउने गरेको बताउँदै उनले भने अढाई वर्षसम्म खोइ भ्रष्टाचारी सार्वजनिक गरेको ?’
उनले कार्यकक्षमा नै गएर ‘मेयर साप भ्रष्टाचार छ भने खोज्नुहोस् भन्यौँ । कारबाही गर्नुहोस् भनेकै छौँ त । खोइ खोज्नु भएको ? खोइ मुद्दा लगाएको हो ? प्रश्न गर्दै खानेपानी आन्दोलनलाई विषयान्तर गर्न मात्र भ्रष्टाचारको फायल खोल्छु भन्ने गरेको बताए ।
एमालेका धरान नगर कमिटी उपाध्यक्ष पारस काङमाङले नीति विपरीत काम गर्ने पनि भ्रष्टाचारी भएको बताउँदै नगर प्रमुख साम्पाङले खानेपानीका नाममा गरेको गतिविधिहरू नियम, विधि र नीति विपरीत रहेको उल्लेख गरे ।
उनले भने ‘खानेपानीका लागि आउने सहयोग रकम बैङ्क खातामा मार्फत लिने र खाता खोल्ने कार्यपालिकाको बैठकबाट निर्णय भए पनि कार्यान्वयन नगरी खातामा एक पैसा जम्मा नगरी खर्च गरिएको छ ।’ यसरी झोलामा करोडौँ रकम राखेर अनियमितता भइरहेको उनको भनाई थियो ।
एकीकृत समाजवादी धरान अध्यक्ष रेवती रमण राईले धरानमा अत्यधिक शुल्क वृद्धि भएकाले आन्दोलित हुनु परेको बताए । उनले विगतको भन्दा दोब्बर महसुल आउन थालेकाले सम्पूर्ण धरानवासीलाई आन्दोलनमा सहभागी अनुरोध गरे ।
खानेपानी व्यवस्थापन बोर्डका स्वघोषित अध्यक्ष हर्कराज राईले एकल निर्णय गरी ९ हजार ९ प्रतिशत सम्म शुल्क/महसुल वृद्धि गरेको बताउँदै भने ‘वृद्धि विरुद्ध धरान राजनीतिक दल सहित उद्योगी, व्यवसायी तथा आम उपभोक्ता सडकमा आन्दोलनरत छन् ।’
संयुक्त सङ्घर्ष समितिले जनाए अनुसार भोली आइतबार ११ बजे धरान उपमहानगरपालिकाको कार्यालय घेराउ गर्ने कार्यक्रम रहेको छ ।
माओवादी केन्द्रका नेता उद्धव लिम्बूले पनि कानुनभन्दा माथि कोही नभएकाले महसुल निर्धारण आयोग पत्र कार्यान्वयन गर्नुपर्ने बताए । उनले खानेपानी आन्दोलनलाई विषयान्तर गर्न मात्र भ्रष्टाचारको फायल खोल्छु भन्ने गरेको बताए । उनले भने, ‘भ्रष्टाचारी खोज्छु भन्दै, दल आन्दोलनमा गयो भनेर विषयान्तर गर्न खोजेको बताए।’ उनले नगर प्रमुख राईले सेवाग्रहीलाईं सधैँ सास्ती दिने गरेको बताए ।
        
                    
        
                                        
                                                                                                
        
                
                
                
                
                
                
        
        
















        
        
















































