झापा : जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक नवराज न्यौपानेलाई सम्मान सहित बिदाइ गरिएको छ ।

झापामा रहेका तीन दर्जन भन्दा धेरै सङ्घ संस्थाले एकै पटक प्रहरी निरीक्षक न्यौपानेलाई सम्मान सहित बिदाइ गरेका हुन् । बिर्तामोड उद्योग वाणिज्य सङ्घको अगुवाइमा न्यौपानेको बिदाइ गरिएको हो ।

प्रहरी निरीक्षक न्यौपानेको नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय तालिम शाखा सामाखुसी काठमाडौँ सरुवा भएको हो। न्यौपानेको सरुवासँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा गणेश पौडेल आउने भएका छन् ।

न्यौपानेको नियमित सरुवासँगै बिर्तामोड उद्योग वाणिज्य सङ्घको सभाहलमा शनिवार आयोजित कार्यक्रमकाबीच प्रहरी निरीक्षक न्यौपानेलाई विभिन्न सङ्घ संस्थाका प्रमुख र प्रतिनिधिले सम्मान पत्र प्रदान गर्दै संयुक्त रूपमा बिदाइ गरेका थिए ।

बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपानेको अध्यक्षमा भएको कार्यक्रममा  सङ्घका विशिष्ट सदस्य निर्मल भट्टराईले स्वागत गरेका थिए ।

कार्यक्रममा सङ्घ संस्थाको तर्फबाट वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष सङ्गीता चिमरिया, राष्ट्रिय उपभोक्ता मञ्च झापा अध्यक्ष मदन गोपाल सुब्बा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रहरी निरीक्षक न्यौपानेको सम्मान-पत्र वाचन रामधुनी ऊर्जाशील आमा समूहकी अध्यक्ष गङ्गा शिवाकोटी ढकालले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन सङ्घका महासचिव कुशल खतिवडाले गरेका थिए ।