धरान : नेपाल विद्यार्थी सङ्घ केन्द्रीय प्रविधि क्याम्पस स्थित नेविसंघ इकाई कार्यसमितिको पदाधिकारीमा थप मनोनयन गरी १६ सदस्यीय बनाइएको छ ।

इकाई सभापति गेहेन्द्र घिमिरेले कार्यसमितिमा पदाधिकारी थप नयाँ मनोनयन गरी समिति विस्तार गरिएको मङ्गलवार जानकारी दिएका हुन ।

नयाँ कार्यसमितिमा वरिष्ठ उपसभापति रितेस श्रेष्ठ रहेका छन् । उपसभापतिहरू हुकुम राज भुजेल, आशिस कार्की, छेसाङ लेप्चा, सौगात गिरी, सोनिष धमला, निकेश धिमाल रहेका छन् ।

सचिव सिर्जल भट्टराई, सह-सचिवहरूमा आयुष न्यौपाने, विश्वेश्वरप्रसाद बढूँ, दिप्सन थापा, अभिज्ञान योञ्जन, शिशिर खतिवडा, सुरज राउत, नवराज परियार रहेका छन् । कोषाध्यक्षमा आकृति भण्डारी छिन ।

NSU-Hattisar-3