इटहरी : नेपाल विद्यार्थी सङ्घ सुनसरी जिल्लाको कार्यसमिति बिस्तार भएको छ। सभापति प्रमोद भट्टराईले विधानको व्यवस्था अनुसार भदौ १३ गते कार्यसमिति बिस्तार गरेका हुन् । नयाँ कार्यसमितिको उपाध्यक्षमा निमेष घिमिरे सहित रुपेश कटवाल र विपिन भट्टराई चयन भएका छन् । घिमिरे यूथ कङ्ग्रेस सुनसरीको सचिव हुन् भने कटवाल केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारको पूर्व सभापति र भट्टराई जनता बहुमुखी क्याम्पसका पूर्व सचिव हुन् । 
सचिवको जिम्मेवारीमा हात्तीसारकै पूर्व उपसभापति अनुल बास्तोला मनोनीत भएका छन् ।
सहसचिवमा अनुप दाहाल, सौगात श्रेष्ठ, पुष्पा कटवाल र लिजा बस्नेतलाई सभापति भट्टराईले मनोनीत गरेका हुन् । यस अगाडि उपसभापतिमा सहदेव काफ्ले, सेराज सुहेन र अदित अधिकारी मनोनीत भैसकेका छन् । दुई जना सचिव मध्ये नवीन श्रेष्ठले अगाडि देखिनै कार्यभार सम्हालिरहेका छन् ।
NSU sunsari