धरान : वरिष्ठ पत्रकार विश्वमणि पोखरेलका भाइ ज्ञानमणि पोखरेल तिन साता देखी बेपत्ता भएकोले खोजिदिन उनका परिवारले सर्वसाधारणसँग आग्रह गरेका छन् ।
उनिलाई अन्तिम पटक एकसाता अगाडी सुनसरीको झुम्कामा उनको स्थानीय सँग भेट भएको उनीहरूले बताएका छन् । झुम्कामा पोखरेल परिवारको आफन्तहरू भएतापनि भेट नभएको पछि खोजी गर्दा नभेटिएकोले परिवार चिन्तित छन् । उनको ठेगाना सप्तरी जिल्ला कञ्चनरुप नगरपालिका-९ रुपनगर, मिल टोल हो ।
घरबाट कसैलाई नभनी हिँडेका ५६ वर्षीय ज्ञानमणि मानसिक रूपमा एभनर्मल छन् । बोली रहन्छन् । लगाएको घडी हेरिरहन्छन् । घरबाट हिँड्दा नीलो हाफ पेन्ट, घिउ कलरको भेष्ट लगाएका उनलाई देख्नेहरूले विश्वमणि पोखरेलको फोन ९८५११२२८३५ मा खबर गरिदिन वा नजिकको प्रहरी चौकीमा सम्पर्क गराई दिन परिवारले अनुरोध गरेको छ ।