धरान : इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले बुधवार धरान-१ आदर्श मार्गबाट जुवा तास खेलिरहेका ७ जनाको समूहलाई खालबाट पक्राउ गरी प्रहरी हिरासतमा पुर्‍याएको छ ।

उनीहरूलाई शम्भु रेग्मीको घरमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

जुवातासको खालबाट पक्राउ परेकाहरूमा धरान-१ का ३१ वर्षीय प्रज्वल रेग्मी, ३१ वर्षीय सबिन बस्नेत, २९ वर्षीय रवि चौधरी, ३५ वर्षीय प्रदीप सुवेदी, धरान-१६ का २९ वर्षीय आशिष् प्रधान, धरान-१५ का ३२ वर्षीय अविशेक लिम्बु र धरान-१२ का ३६ वर्षीय रवि साह छन् ।

उनीहरू जुवातास खेलिरहेको खालबाट नगद ४७ हजार २०० रुपैयाँ र १ बुङ तास बरामद भएको प्रहरीले जनाएको छ ।

यसैगरी इलाममा जुवातास खेलिरहेका ११ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ । इलाम-७ बाट उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा इलाम-६ का ४४ वर्षीय सुमन श्रेष्ठ, ३७ वर्षीय रञ्जन बिक, ४२ वर्षीय विकास लिम्बु , ४० वर्षीय मणि कुमार प्रधान, ४१ वर्षीय मिनराज सुब्बा, इलाम-७ का २७ वर्षीय सुवास श्रेष्ठ, ३० वर्षीय अनिल श्रेष्ठ छन् ।

यस्तै इलाम-८ का ३३ वर्षीय देव कुमार राई, ३५ वर्षीय केशव सुबेदी इलाम-६ का ४० वर्षीय सुन्दर परियार, इलाम-३ का २८ वर्षीय कर्ण तामाङलाई पक्राउ गरेको हो । 

उनीहरू जुवातास खेलिरहेको स्थानबाट प्रहरीले नगद २ लाख ४५ हजार ३६० रुपैयाँ र १० बुङ तास बरामद गरेको छ ।