इटहरी : कोशी प्रदेशका पूर्व मन्त्री लिलाबल्लभ अधिकारी विराटनगरस्थित निवासबाटै पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयले अधिकारीलाई पक्राउ गरी यति एयरलाइन्सको १ः५० को फ्लाइटबाट काठमाडौँ पठाउन लागिएको हो ।
पक्राउ परेसँगै अधिकारीले अनुसन्धानमा सहयोग गर्न काठमाडौँ जान लागेको बताएका छन् । उनले यसअघि नै आफूमाथि अनुसन्धान गर्न प्रहरीलाई आग्रह गर्दै आएका थिए ।
आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारीमा रहेका अधिकारीले मन्त्रीपरिषद् बाट निर्णय नगरी र परराष्ट्र मन्त्रालयको जानकारी बिना नै जापान गएका थिए । उनीसँगै गएका ३ जना व्यक्ति सहित ६ जनालाई प्रहरीले यसअघि नै नियन्त्रणमा लिइसकेको छ ।
निर्णय नगरी र परराष्ट्र मन्त्रालयको जानकारी बिना नै जापान गएका थिए । उनीसँगै गएका ३ जना व्यक्ति सहित ६ जनालाई प्रहरीले यसअघि नै नियन्त्रणमा लिइसकेको छ ।
जापान जाने लोभमा मानव तस्करको फन्दामा परेका अधिकारीले मन्त्री पदबाट राजीनामा दिए । नक्कली परिचयपत्र सहित जापान पुगेका अन्य तिन जना हाल प्रहरी हिरासतमा छन् । अधिकारीलाई नेकपा एमालेले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य तथा पार्टीको सङ्गठित सदस्यबाट निलम्बन गरेको छ ।