धरान : नेपाल पत्रकार महासङ्घ सुनसरीका शाखाको अध्यक्षमा तीन जनाले उम्मेदवारी दिएका छन् ।  महासङ्घको निर्वाचनको मतदान कार्यक्रम सबै जिल्ला शाखामा शुक्रवार हुँदैछ ।

धरानमा सुनसरी जिल्ला समितिको चुनावका लागि आज उम्मेदवारी मनोनयन पत्र दाखिला भएको हो । जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य, प्रदेश र सङ्घीय परिषद् सदस्य सहित कुल ४१ जनाको लागि ६१ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्ष पदमा प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनबाट सन्तोष काफ्लेको उम्मेदवारी परेको छ । प्रेस सेण्टरको समर्थनमा युनियनका बागी उम्मेदवार गणेश निरौलाले उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवारको रूपमा शेखर जोगीले उम्मेदवारी दिएका छन् ।

चौतारी-युनियनको समर्थनमा उपाध्यक्षमा अर्जुन सुवेदी र सेन्टरबाट गोविन्द बस्नेतले उम्मेदवारी दिएका छन् । महिला उपाध्यक्षमा यशोदा सेने र मनिता चाम्लिङले उम्मेदवारी दिएका छन् । सचिवमा विनय बाह्रकोटी, तीर्थ कार्की र खेमराज सापकोटाले उम्मेदवारी दिएका छन् ।

सह-सचिवमा महेश गुरागाईँ र विकल रेग्मी उम्मेदवार छन् । समावेशी सह-सचिवमा वीरेन्द्र साह र मुस्ताक आलम उम्मेदवार छन् । कोषाध्यक्षमा विवेक रेग्मी, जमुना श्रेष्ठ र विक्रान्त श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

खुल्ला सदस्यमा चन्द्रकला चौधरी, जीवन विष्ट, मो.मिकाइल, रोहित कुलुङ राई, लेखनाथ दंगाल, सुदिप पोखरेल, सुवास खत्री, शिशिर भट्टराई, सबिता पोखरेल (ज्योति), सिंहबहादुर मादेन, हिरण्यकुमार कार्की उम्मेदवार छन् । दलित सदस्य पदमा विनोद विश्वकर्माको मात्र उम्मेदवारी परेको छ ।

समावेशी मुस्लिम अल्पसङ्ख्यक सदस्यमा नसिम अन्सारी र प्रदेश परिषद् सदस्य महिलामा कानुन कार्कीको मात्र उम्मेदवारी परेको छ ।

केन्द्रीय परिषद् सदस्यमा गोपाल दाहाल, बाबुराम सुवेदी, देवेन्द्र कार्की, सुविद् गुरागाईँ, जयकृष्ण यादव, गणेशप्रसाद तिम्सिना उम्मेदवार छन् ।

समावेशी केन्द्रीय पार्षदमा नरबहादुर लिम्बु (प्रदीप मेन्याङबो), श्रीप्रसाद राई (श्री शिशा), फुलचन्द मेहता उम्मेदवार छन् । महिला केन्द्रीय परिषद् सदस्यमा सुभद्रा प्याकुरेलको मात्र उम्मेदवारी परेको छ ।

प्रदेश परिषद् समावेशी सदस्य ६ जनाको सिटमा धनकुमार राई (मिलन), विकाश चाम्लिङ राई, विकी श्रेष्ठ, सोहन श्रेष्ठ, हिमाल राई, उपेन्द्र चाम्लिङ ६ जनाको मात्र उम्मेदवारी परेको छ ।

प्रदेश परिषद् सदस्य खुल्ला ७ जनाको सिटमा कमलाकुमारी चौधरी, धिरेन्द्र चौधरी, नवराज विष्ट, पिएमणि भट्टराई, रामकृष्ण खड्का, रुमा रिजाल, विशाल राई, सुनिल चौधरी र सुमित्रा राई (सञ्जु) ९ जनाको उम्मेदवारी परेको छ ।

FNJ 1FNJ 2