विराटनगर : प्रदेश १ सामाजिक विकास मन्त्रालयले नेपाल पत्रकार महासङ्घ प्रदेश र जिल्ला शाखाको निर्वाचनबाट निर्वाचित भएका पदाधिकारी, सदस्य, राष्ट्रिय परिषद् सदस्य, प्रदेश परिषद् सदस्यहरूलाई बधाई तथा नयाँ वर्ष २०७८ को शुभकामना आदान प्रदान गरेको छ ।
मन्त्रालयमा आज आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री उषाकला राई, मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले नवनिर्वाचितलाई बधाई ज्ञापन गरे । बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री राई, सचिव कार्कीले सफल कार्यकालको शुभकामना दिए ।
नेपाल पत्रकार महासङ्घ प्रदेश १ अध्यक्ष लीलाबल्लभ घिमिरे, निवर्तमान अध्यक्ष विक्रम लुइँटेल, मोरङ अध्यक्ष सञ्जीव खनालले सामाजिक विकास मन्त्रालयले आगामी आर्थिक वर्षको कार्यक्रममा पत्रकारको क्षमता विकासलाई समेट्न आग्रह गरे ।