इटहरी  : उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनको मतदान सम्पन्न भएको छ । कुल २१८३ मत मध्ये १५४३ मत खसेको हो । 
नवराज काफ्ले र गायत्री कटवाल नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । काफ्ले नेतृत्वको प्यानललाई नेकपा एमाले र नेपाली काँग्रेस समर्थित व्यवसायीको साथ छ भने कटवाललाई रास्वपा र नेकपाको समर्थन छ । 
दलीय प्रतिस्पर्धाको रूपमा हेरिएको निर्वाचनमा नवराज पक्ष हाबी देखिएको छ । काफ्ले पक्षबाट एसोसिएट र वस्तुगत तर्फको सदस्य सर्वसम्मत भइसकेका छन् । अन्य सदस्यमा पनि काफ्ले प्यानलको वर्चस्व देखिएको छ । 
अर्कातर्फ अध्यक्ष पदमा भने कडा प्रतिस्पर्धा देखिएको छ । आफ्ले पक्षले जित निश्चित भएको दाबी गरिरहेको बेला कटवाल पक्ष कडा प्रतिस्पर्धा हुने बताइरहेको छ । 
निर्वाचन समिति संयोजक टङ्क दुलालका अनुसार आइतबार बिहान देखि मतगणना हुने भएको छ । इटहरी उद्योग वाणिज्य सङ्घको भवनमा मतगणना हुने उनले बताए ।
udyog-banijya-ithari-chunab
udyog-ch8unab