इटहरी : इटहरीमा शनिबार भएको उद्योग बाणिज्य संघको चुनावको मतगणना जारी रहेको छ ।

इटहरी उपमहानगरपालिकाको परिसरमा अहिले मतगणना भईरहेको छ । बाणिज्यतर्फको मतगणना भईरहको छ । बाणिज्यतर्फ अहिले ८ बजेर २० मिनेट सम्ममा भीम पौडेल समूहको प्यानल नै अगाडि रहेको छ । पौडेल नेतृत्वको वाणिज्य तर्फ अहिले विष्णु प्रसाद रिजाल १६२७, अनिल सुब्बा (काका) १६२९, नवराज काफ्ले १४६४, पिताम्बर पोखरेल १५०७, जीवन पराजुली १५९६, राम कुमार श्रेष्ठ १४१३, खगेन्द्र बिमली १४५५, राम हृदय राय १२१०, अशोक अग्रवाल ११९५ मत प्राप्त हुँदा शैलेश कुमार विष्ट नेतृत्व वाणिज्य तर्फ समूहमा भने टंक प्रसाद खनाल १०९९, कमल पौडेल १०२१, माधव न्यौपाने ९४६, लक्ष्मी प्रसाद धिताल ९२४, रितेश श्रेष्ठ १०३८, देवराज मादेन १०३२, भोला प्रसाद निरौला ८३८, फडिन्द्र मगर ९७६ र राजेश खनालले ८०५ मत प्राप्त गरेका छन् ।

बाणिज्यको मतगणना सकिन अझै केही समय लाग्ने बुझिएको छ। बाणिज्यको मतगणना सकिएलगत्तै उद्योग, महिलाको मतगणना हुनेछ । त्यसपछि अध्यक्ष पदको मतगणना हुने बुझिएको छ । बिहानसम्ममा नतिजा आउने अनुमान गरिएको छ ।