धरान: दोस्रो मेयर कप स्कुल ओलम्पिक २०७५ मा डिपो हाईस्कुल प्रथम भएको छ । प्रतियोगिताअन्र्तगत सोमबारसम्म सम्पन्न खेलहरुमध्ये सबैभन्दा बढी स्वर्ण पदक जित्दै डिपो प्रथम भएको हो ।

डिपोले कुल १२ स्वर्ण, ६ रजत र ९ कास्य पदक जितेको थियो । टिम च्याम्पियन हुदै डिपोले नगद १ लाख २० हजार र ट्रफी पनि हात पार्यो । गत बर्षको मेयर कप स्कुल ओलम्पिकको पहिलो सँस्करणमा पनि डिपो नै प्रथम भएको थियो । यस्तै, ओलम्पिकका सैनिक आवासिय महाविद्यालय दोस्रो हुदै नगद ८० हजार र ट्रफी हात पार्यो । सैनिकले ११ स्वर्ण, २ रजत र १४ कास्य पदक जितेको थियो ।

IMG_7457 copy

सुनाखरी एकेडेमीले तेस्रो हुदै नगद ५० हजार र ट्रफी हात पार्यो । सुनाखरीले कुल १० स्वर्ण, ७ रजत र ८ कास्य पदक जितेको थियो । विजेता स्कुलका खेलाडीहरुलाई आयोकज धरान नगर खेलकुद विकास समितिका अध्यक्ष सुवास राई र प्रमुख अतिथि एवं प्रदेश १ संसदका सभामुख प्रदिप भण्डारीले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा कुल ७३ स्वर्ण, ७३ रजत र १ सय १८ कास्य पदक थियो । यस्तै, विभिन्न १२ वटा खेलका विधाहरु समावेश गराइएको थियो । प्रतियोगितामा मंसिर ५ गतेदेखि शुरु भएको प्रतियोगितमा धरानका १३ सामुदायिक र ५१ निजी स्कुलहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा ५ स्वर्ण,४ रजत र ८ कास्य पदकसहित नवज्योति स्कुल चौथो स्थानमा रह्यो भने शारदा वालिका नमुना उच्चमाविले ४ स्वर्ण, २ रजत र १ कास्य पदकसहित पाँचौ स्थानमा समेटियो । यस्तै, पञ्चायत माविले ४ स्वर्ण, १ रजत र ३ कास्य पदक जितेर छैटौ स्थानमा रहयो ।
...........................
फुटबलमा ज्वालमुखीलाई स्वर्ण

IMG_7443 copy

स्कुल ओलम्पिकअन्र्तगत सोमबार समापन समारोहसँगै आयोजित फुटबलको फाइनल खेलमा ज्वालामुखी मावि धरान १७ ले नेपाल पुलिस स्कुललाई २–१ गोलअन्तरले हराउदै स्वर्ण पदक जित्यो ।

ज्वालामुखीको जितमा सुसन कार्कीले नै २ गोल गरेका थिए । उनले पहिलो हाफको ३२ औं मिनेटमा र दोस्रो हाफको ८ मिनेटमा गोल गरेका थिए । फुटबलमा रजत पदकमा चित्त बुझाएको पुलिसको लागि दोस्रो हाफको १४ औं मिनेटमा सुजन खड्काले एक गोल गरेका थिए ।

IMG_7459 copy

IMG_7433 copy

IMG_7439 copy

IMG_7437 copy

IMG_7448 copy

IMG_20181203_162043 copy

IMG_7469 copy

IMG_20181203_162152 copy

IMG_7465 copy