धरान : बुधवार धरानमा उद्योग व्यवसायीहरूले बैंकर्सहरु सँग अन्तरक्रिया गरे । व्यवसायीहरू र बैंकर्सहरुको अन्तरक्रिया भए पनि व्यवसायीहरूलाई गुनासो पोख्ने र समस्या सुनाए । सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा कार्यक्रममा उद्योगी व्यवसायी र धरानका बैक प्रमुखहरूको उपस्थिति थियो ।

कार्यक्रममा व्यवसायीहरूले राष्ट्र बैङ्कको निर्देशानुसार बैङ्कले ब्याज नघटाएको गुनासो गरे । पर्यटन व्यवसायी वासुदेव बरालले त झन् 'हालको अवस्थामा व्यापारीहरूलाई बैङ्कले कालोसूचीमा राख्ने धम्की सहित ताकेता गरेमा भोलि व्यवसायीहरूले आत्महत्या गर्न सक्ने सम्भावना हुने बताए ।

धरान उपमहानगरपालिकाका उद्योग प्रवर्द्धन समितिका संयोजक कृष्णकुमार अग्रवालले हाल बैङ्कहरूले तरलतालाई ध्यान दिनु पर्ने बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत धरान उपमहानगरपालिकाको राहत कोषमा सम्पूर्ण बैङ्कहरूले समेत सहभागिता जनाउनु पर्ने अग्रवालको धारणा थियो ।

त्यसै गरी व्यवसायीहरुबीच नङ र मासुको सम्बन्ध हुनुपर्नेमा हाल आर्थिक अवस्था धराशायी भएकोमा बैकले बेलैमा ध्यान पुर्‍याउनु पर्ने माग व्यवसायीहरूको थियो । उध्योज वाणिज्य सङ्गका अध्यक्ष गिरिधारी सापकोटाले छलफल कार्यक्रमबाट प्राप्त सुझावहरूलाई सम्बन्धित बैङ्कहरूले केन्द्रीय कार्यालयमा जानकारी गराउन आग्रह गरेका थिए ।

Sunsari-Chamber-&-Banker-news-2

कार्यक्रममा सुनसरी उद्योग वाणिज्य सङ्घका कार्यसमिति सदस्य विष्णु बराल, सुनसरी सुनचा“दी व्यवसायी सङ्घका अध्यक्ष किसन मास्के, होटेल व्यवसायी के. पी. पालुङवा, व्यवसायी उदयचन्द्र भगतले आफ्ना समस्याहरू राखेका थिए । बैंकर्सको तर्फबाट मितेरी डेभलपमेन्ट बैङ्कका कार्यकारी प्रमुख तुलसीप्रसाद बस्तीले राष्ट्र बैङ्कको निर्देशन सहर्ष रूपमा पालना गर्ने बताएका थिए ।

सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव राजेश अग्रवालले सञ्चालन गरेको सो कार्यक्रममा प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठले व्यवसायीहरूलाई परेको पिर मर्काका लागि कार्यक्रमको आयोजना गरिएको तथा बैङ्कहरूले सदैव सहजीकरण गर्नुपर्ने विचार सहित धन्यवाद ज्ञापन गरेका थिए ।