धरान :  पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी -२ ठुरियामा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

थप १ जनाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर छ ।

बाँके प्रहरीका अनुसार, नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा अरू २१ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर छ । भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगञ्जबाट सल्यान गईरहेको अवस्थामा दुर्घटना भएको हो ।

दुर्घटनामा सवारी चालक समेत गरि जनाको १२ को मृत्यु भएको छ । मृतकमध्ये ११ पुरूष र १ महिला छन् । भारतबाट फर्किएकाहरूलाई सम्बन्धित जिल्लाका स्थानीय तहसँग समन्वय गरेर पठाइने गरिएकाले मृतक सबै सल्यानकै हुन सक्ने प्रहरीले जनाएको छ ।